• कल्याणगरिबीको कारण जीवनयापनमा समस्या परेका विदेशी नागरिकहरूको लागि जीवनयापन संरक्षणको बारेमा

(1954 साल 5 महिना 8 तारिख)

(सामाजिक मामिला ब्यूरोद्वारा घोषणा प्रेषित नम्बर 382)

(स्वास्थ्य तथा कल्याण मन्त्रालयका सामाजिक मामिला निर्देशकबाट प्रत्येक प्रिफेक्चरल गभर्नरलाई सूचना)

गरिबीको कारण जीवनयापनमा समस्या परेका विदेशी नागरिकहरूको लागि जीवनयापन संरक्षणको बारेमा、मलाई विश्वास छ कि तपाइँले कुनै कमी हुन नदिन कोशिस गर्दै हुनुहुन्छ। यसपटक बायाँमा लेखिए अनुसार दिशानिर्देशहरू र प्रक्रियाहरू व्यवस्थित गरेको छु। यसबारे बुझेर यसलाई लागू गर्न सबै सम्भावित उपायहरू अपनाउनुहोस।

 

लेख

1 जीवनयापन संरक्षण ऐन (तल मात्रै ”ऐन” भनिन्छ )धारा 1मा、विदेशी नागरिकहरूको हकमा यो ऐन लागू हुँदैन भनिएको भएपनि तत्कालको लागि गरिबीको कारण जीवनयापनमा समस्या परेका विदेशी नागरिकहरूको लागि पनि सर्वसाधारण जनताको लागि जीवनयापन संरक्षण सम्बन्धी निर्णयहरू अनुसार नै अर्को  प्रक्रियाहरू मार्फत आवश्यक संरक्षण प्रदान गर्नुहोस। तर निवेदक वा निजको घरपरिवारको सदस्यलाई तत्कालै संरक्षण गर्नुपर्ने आपतकालीन अवस्थामा छ र बायाँको देहायका कुराहरूमा तोकिएका प्रक्रियाहरू पूरा गर्ने समय नभएमा ऐनको धारा 19 अनुच्छेद 2 वा ऐन धारा 19 अनुच्छेद 6अनुसार तत्कालका लागि संरक्षण गरि त्यसपछि उपयुक्त समयमा बायाँको प्रक्रियाहरू अपनाए पनि हुने भनिएको छ।

 

(1)  गरिबीको कारण जीवनयापनमा समस्या परि संरक्षण प्राप्त गर्न चाहने विदेशी नागरिकहरू अध्यागमन नियन्त्रण र शरणार्थी मान्यता ऐन (1951 साल क्याबिनेट आदेश नम्बर 319 तल ”अध्यागमन नियन्त्रण ऐन” भनिन्छ। आवासीय कार्ड वा जापानसँगको शान्ति सन्धिको आधारमा जापानी नागरिकता त्याग्ने  व्यक्तिहरूका लागि अध्यागमन नियन्त्रण सम्बन्धी विशेष ऐन (1991 साल कानून नम्बर 71 तल ”अध्यागमन विशेष कानून” भनिन्छ) आधारमा विशेष  स्थायी निवासी प्रमाणपत्रमा लेखिएको गरिबीको कारण जीवनयापनमा समस्या परेको व्यक्तिको बसोबास क्षेत्रको संरक्षण कार्यान्वयन गर्ने निकाय लाई आवेदक तथा संरक्षण आवश्यक रहेको व्यक्तिको राष्ट्रियता लेखिएको संरक्षण आवेदन फारम पेश गर्नुको साथै वैध आवासीय कार्ड वा विशेष स्थायी निवासी प्रमाणपत्र देखाउनुपर्छ।

 

(2)  संरक्षण कार्यान्वयन गर्ने निकायले अघिल्लो बुँदाको आवेदन फारम तथा आवासीय कार्ड वा विशेष स्थायी निवासी प्रमाणपत्र पेश भइ आएको खण्डमा आवेदन फारम लेखिएको कुराहरु र आवासीय कार्ड वा विशेष स्थायी निवासी प्रमाणपत्रमा लेखिएको कुराहरु तुलना गरि आवेदन फारममा लेखिएको कुराहरु निश्चय गर्नुपर्छ ।

 

(3)  अघिल्लो बुँदाको पुष्टि प्राप्त गरेको विदेशी नागरिकलाई संरक्षणको आवश्यकता रहेको पाइयो भने संरक्षण कार्यान्वयन गर्ने निकायले तुरुन्तै आवेदनको प्रतिलिपि र आवेदकको आवासीय कार्ड वा विशेष स्थायी निवासी प्रमाणपत्रको नम्बर लिखित कागजातको साथ प्रिफेक्चरल गभर्नरलाई रिपोर्ट गर्नुपर्छ।

 

(4)  संरक्षण कार्यान्वयन निकायबाट प्रतिवेदन प्राप्त गर्ने प्रिफेक्चरल गभर्नरले संरक्षणको आवश्यक रहेको व्यक्तिको देशको प्रमुख प्रतिनिधि मण्डल वा वाणिज्य दूतावास (यदि शाखा छ भने शाखा) वा सम्बन्धित देशको संस्थाहरुबाट पर्याप्त संरक्षण वा सहायता प्राप्त गर्न असमर्थ छ भनेर पुष्टि गरि त्यसको परिणाम संरक्षण कार्यान्वयन निकायलाई सूचित गर्नुपर्छ।

 

2 गरिबीको कारण जीवनयापनमा समस्या परेका विदेशी नागरिक कोरियाली वा ताइवानी हो भने माथिको 1 (3) र (4) का प्रक्रियाहरू तत्कालको लागि आवश्यक पर्दैन।

 

3 संरक्षण पाएको विदेशी नागरिकले स्थायी जागिर पाएको कारणले संरक्षणको आवश्यकता नपरेको खण्डमा उक्त विदेशी नागरिकलाई ऐन 55 को दफा 4 अनुच्छेद 1 बमोजिम संरक्षणबाट स्वतन्त्र हुनको लागि अनुदान रकम भुक्तानी गर्नुपर्छ।

 

4 संरक्षण प्राप्त विदेशी नागरिक (18 वर्षको उमेर पुगेपछिको पहिलो मार्च 31 भित्र भएको व्यक्ति तथा जीवनयापन संरक्षण लागु ऐन (1950 साल स्वास्थ्य तथा कल्याण मन्त्रालय अध्यादेश नम्बर 21) धारा 18 को 7 सँग मेलखाने व्यक्तिमा सिमित हुने) धारा 55 को 5 अनुच्छेद 1 मा तोकिएको विशेष शिक्षा प्रशिक्षण केन्द्रमा निश्चित रुपमा प्रवेश गर्ने सम्भावना रहेको खण्डमा उक्त विदेशी नागरिकलाई समान अनुच्छेदको प्रावधान अनुसार थप शिक्षाको लागि अनुदान रकम भुक्तानी गर्नुपर्छ।