• कल्याणकल्याण

विदेशी नागरिकहरूको लागि जीवनयापन संरक्षण

जीवनयापन संरक्षण ऐनको धारा 1 मा सरकारले गरिबीको कारण जीवनयापनमा समस्या परेका सबै नागरिकलाई आवश्यक संरक्षण गर्नु पर्दछ भनिएको छ तर विदेशी नागरिकहरूको हकमा यो ऐन लागू हुँदैन।

यद्यपि, विशेष  स्थायी निवासी आदि जापानमा बसोबास गर्न अनुमति पाएका विदेशी नागरिक गरिबीको कारण जीवनयापनमा समस्यामा परेको व्यक्तिहरुको लागि मानवीयताको कारण यस ऐन लागू गरि जापानी नागरिक सरह संरक्षण गर्न सरकारले सूचित गरेको छ ।

यस सिटीमा यस सूचना को आधार मानेर विदेशी नागरिकहरूको लागि जीवनयापन संरक्षण प्रदान गर्ने गरिएको छ ।

 

जीवनयापन संरक्षण भन्नाले

बिरामी तथा बृद्धताको कारण काम गर्न नसक्ने आदि जीवनयापन खर्च तथा चिकित्सा खर्चमा समस्या भएको खण्डमा सरकारले जीवनयापनमा लाग्ने न्युनतम खर्चको ग्यारेन्टी गरि, स्वतन्त्र हुन सहयोग गर्ने प्रणाली हो। संरक्षण प्राप्त गर्न योग्य छ छैन भन्ने कुरा सरकारले निर्धारण गरेको संरक्षण मापदण्डको आधारमा हिसाब गरि न्युनतम जीवनयापन खर्च र परिवार सबैको आम्दानी दाँजेर निर्णय गर्दछ। न्युनतम जीवनयापन खर्च उमेर तथा परिवारको सदस्य, जीवनयापनको अवस्था, आम्दानी अनुसार फरक हुन्छ। न्युनतम जीवनयापन खर्च भन्दा आम्दानी कम भएको खण्डमा अपुग भाग प्रदान गरि संरक्षण गरिन्छ। साथै, काम गर्न सक्नेले आफ्नो क्षमता अनुसार काम गर्न, आफन्तबाट सहयोग, निवृत्तिभरण र भत्ता जस्ता अन्य सामाजिक सुरक्षा प्रणालीहरू प्रयोग गर्न र जीवनयापनको लागि बचत रकमको साथै अन्य सम्पत्तिहरू प्रयोग गर्न आवश्यक छ।

जीवनयापन संरक्षणको प्रक्रिया

बसोबास रहेको वार्डको कल्याण कार्यालय (वार्ड कार्यालय स्वास्थ्य कल्याण विभाग, वार्ड कार्यालय/शाखा कार्यालय स्वास्थ्य कल्याण विभाग) मा संरक्षणको  लागि आवेदन दिन सकिनेछ। विज्ञ परामर्शदातासँग सल्लाह गर्न सकिने भएकोले दैनिक जीवनमा कुनै समस्या छ भने सल्लाह गर्नुहोला।

 

हिग्शी-नाडा वार्ड सार्वजनिक स्वास्थ्य र कल्याण विभाग

TEL: 078-841-4131
नाडा वार्ड सार्वजनिक स्वास्थ्य र कल्याण विभाग TEL: 078-843-7001
च्युओ वार्ड सार्वजनिक स्वास्थ्य र कल्याण विभाग TEL: 078-335-7511
ह्योगो वार्ड सार्वजनिक स्वास्थ्य र कल्याण विभाग TEL: 078-511-2111

किता वार्ड सार्वजनिक स्वास्थ्य र कल्याण विभाग

TEL: 078-593-1111

किता वार्ड शाखा कार्यालय

TEL: 078-981-5377
नागाटा वार्ड सार्वजनिक स्वास्थ्य र कल्याण विभाग TEL: 078-579-2311
सुमा वार्ड सार्वजनिक स्वास्थ्य र कल्याण विभाग TEL: 078-731-4341
सुमा किता सुमा शाखा कार्यालय सार्वजनिक स्वास्थ्य र कल्याण प्रभाग  TEL: 078-793-1313

तरुमी वार्ड सार्वजनिक स्वास्थ्य र कल्याण विभाग

TEL: 078-708-5151
निसि वार्ड सार्वजनिक स्वास्थ्य र कल्याण विभाग TEL: 078-940-9501

अनुवाद सेप्टेम्बर, २०२२ को उपलब्ध डाटामा आधारित छ। कृपया नोट गर्नुहोस् कि नयाँ प्रणालीहरू, प्रणाली परिवर्तनहरू आदि यस मिति पछि शुरू भएको हुन सक्छ। लिंक गरिएका वेबसाइटहरूका लागि उत्तरदायित्व तिनीहरूको सिर्जनाकर्ताहरूको साथ छ। कोबे शहरले तिनीहरूको सामग्री आदिको लागि कुनै जिम्मेवारी स्वीकार गर्दैन।