【सावधानी सूचना】स्थानीय सरकार वा विदेशी नागरिकहरूका लागि सञ्चालित परामर्श केन्द्रका परामर्शदाताको भेषमा हुने ठगीबाट सावधान रहनुहोस्।

    विदेशी नागरिकहरूलाई लक्षित गरी, स्थानीय सरकार वा विदेशी नागरिकहरूका लागि सञ्चालित परामर्श संस्थाहरूको परामर्श सेवाका सल्लाहकारको रूपमा झुटो परिचय दिई, सामाजिक सञ्जाल (SNS) लगायतका माध्यमबाट पैसा वा बहुमूल्य वस्तुहरू माग्ने घटनाहरू भएका छन्।

    परामर्शदाताले परामर्श दिने क्रममा पैसा, उपहार कार्ड वा अन्य कुनै पनि नगद वा बहुमूल्य वस्तुहरू माग्ने ता गर्दैनन्।

    कृपया धेरै सावधान रहनुहोस्।

     

    कृपया यस्ता शंकास्पद सम्पर्कहरूबाट सावधान रहनुहोस्।

    • स्थानीय सरकार वा अन्य संस्थाहरू  अन्तर्गत विदेशी नागरिकहरूका लागि सञ्चालित परामर्श केन्द्र हरूमा परामर्शदाता भएको बताई पैसा वा बहुमूल्य वस्तुहरू माग्ने गर्छन्।
    • SNS, इमेल, फोन आदि मार्फत पैसा पठाउन अनुरोध (आग्रह) गर्छन्।
    • शंकास्पद लिंक खोल्न वा बैंक खाता, क्रेडिट कार्ड विवरणहरू आदिको जानकारी दिन अनुरोध गर्ने गर्छन्।